लुटेराहरूले लुटेर लगेको घडी नक्कली निस्केपछि फिर्ता गरे
धनगढीः लुटेर लगेको घडी नक्कली रहेको थाहा पाएपछि इटालीको नापेल्स सहरमा लुटेराहरूले एक पर्यटकको घडी फिर्ता गरेका छन्। स्वीजरल्याण्डका दुई जना पर्यटकहरू शनिबार सहरको मध्य भागमा रहेको पियाजा ट्राइस्टे इ ट्रेन्टो रेस्टुरेन्टमा बसेर खाइरहेका हुन्छन्। त्यतिबेला बेला एक युवक आएर एकजनाको कञ्चटमा बन्दुक तेसौउँदै घडी लुटेर लैजान्छन्। तर सात मिनेटपछि नै अर्का युवक आएर माफी माग्दै घडी मालिकलाई फिर्ता गरिदिन्छन्। यो कुरा रेस्टुरेन्टको सीसीटीभी क्यामेरासमेत कैद हुन्छ।
लुटेराले रिसार्ड मिलको बहुमूल्य घडी सम्झेर त्यसलाई लुटेका थिए। तर, त्यो नक्कली निस्केपछि त्यसलाई फिर्ता गरेको पर्यटकको भनाई छ। ‘सरी सरी भन्दै उनीहरूले घडी फिर्ता गरे,’ एन्टोनियो भिस्कोनिटीले सीएनएनसँग भने, ‘सायद उनीहरू नक्कली घडीका लागि प्रहरीको लफडामा पर्न चाहँदैन थिए।’