सुदूर नेपाललाई विश्वसँग जोड्दै

लालपुर्जा विहीन अछामवासीलाई लालपुर्जा दिने काम अन्तिम चरणमा

साविकका ७५ गाविसमध्ये ६३ वटाको लालपुर्जा तयार

२०७५ फाल्गुन १३, ०७:२० सीताराम ओझा

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीले आक्रमण गर्दा अछाम सदरमुकाम मंगलसैन ध्वस्त भएपछि लालपुर्जा विहिन भएका जिल्लावासीहरुलाई लालपुर्जा दिने काम अन्तिम चरणमा पुगेको छ । ध्वस्त भएर पुनः नाप नक्साको काम सुरु भएको १० बर्षमा लालपुर्जा दिने काम अन्तिम चरणमा पुगेको हो । अछामका साविकका ७५ वटा गाविसहरुमा ६३ साविकका गाविसमा नापनक्साको काम सकेर लालपुर्जा तयार भईसकेको छ , अव १२ साविकका गाविसमा नाप नक्साको काम हुन बाँकी रहेको छ । त्यो पनि अवको केही महिनामा सिद्धाउने गरी काम गरिरहेको विशेष नापी कार्यालय अछामले जनाएको छ । 

विभिन्न जिल्लामा तत्कालीन नेकपा (माओवादी) आक्रमणका क्रममा जलेका किसानका लालपूर्जा वितरणको काम शुरु भईसकेको लामो समयपछि अछाममा लालपुर्जा वितरणको काम अन्तिम चरणमा पुग्न लागेको हो । २०५८ सालमा अछाम सदरमुकाम मंगलसेनमा माओवादीले आक्रमण गरेपछि मालपोत र नापी कार्यालय पनि ध्वस्त हुँदा लालपूर्जा विहिन भएका जिल्लावासीहरुलाई लालपुर्जा दिने काम अन्तिम चरणमा पुगेको हो । आर्थिक बर्ष २०६४÷०६५ बाटै पुनःनापीको कार्य थालनी गरिए पनि चालु आर्थिक बर्षमा पुनः नापीको काम सम्पनन गराएर सवै जिल्लावासीहरुलाई लालपुर्जा दिने लक्ष्य राखिएको विशेष नापी कार्यालय अछामका प्रमुख सुनिल आनन्दले बताए । 

साविकका ७५ वटा गाविसममध्ये हालसम्म ६४ गाविसको लापुर्जाको स्रेस्ता मालपोत कार्यालय र फिल्ड नक्सा नापी कार्यालयलाई बुझाई सकिएको छ । साविकका गाविसको हिसावले लालपुर्जा बनाउने काम भईरहेकोले यो महिनामा चार गाविसको पनि लापुर्जा तयार हुनेछ । बाँकी स्थानहरुको लापुर्जा बनाउने काम पनि वैशाखसम्म सिद्धाउने गरी काम अगाडी बढिरहेको विशेष नापी कार्यालय अछामले जनाएको छ । जग्गाको पुनःनापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जा लगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा भने लालपूर्जा वितरणमा समस्या भईरहेको छ। गविसकको ढाँटी गाविसमा यो समस्या रहेकोले यस विषयमा निर्णय लिनका लागि विभागमा पठाईएको र विभागको निर्णय अनुसार अघि वढ्ने बताउँदै फेरि विशेष नापी कार्यालय अछामका प्रमुख आनन्दले जानकारी दिए । 

लालपुर्जा बनेका स्थानका वासिन्दाहरुले लालपुर्जा लगिरहेका छन भने नबवेका स्थानका वासिन्दाहरु लालपुर्जाको पर्खाईमा रहेका छन् । यसअघि लालपुर्जा विहीन भएका स्थानीय वासिन्दाहरुलाई लालपुर्जा पाउँदा सहजता बन्दै गएको छ । लालपुर्जा नहुँदा ठुलो व्यापार व्यवसाय त परै जाओस् सामान्य कृषि ऋण लिनबाट पनि जिल्लावासीहरु वञ्चित हुनु परेकोमा कतिपयले राहत पाएपनि कतिपयले पाउन वाँकी रहेको छ । लालपुर्जा बनेका साविकका गाविसका वासिन्दाहरुले लालपुर्जा लगिरहेका छन् । लालपुर्जा पाउन थालेपछि स्थानीय वासिन्दाहरु त्यसको नाप नक्साको काम समेत गरिरहेको जिल्ला नापी कार्यालय अछामका प्रमुख धर्मराज ओझाले जानकारी दिए ।

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस