बाजुराको कर्णाली नदी किनारमा एक पुरुष मृत फेला
२०७९ साउन ६, ०३:३०
धनगढीः बाजुरामा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका २ बालुवास्थित कर्णाली नदीको किनारमा उनी बिहीबार मृत फेला परेका हुन्।
हालसम्म उनको नाम, थर, वतन नखुलेको बताइर्एको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस