सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा व्यवसायिक र्‍याप्फ्टिङ सञ्चालनको तयारी

२०७५ फाल्गुन १२, ०७:१८ सीताराम ओझा

सुदुरपश्चिमको प्रवेशद्धार चिसापानीको कर्णाली नदीमा पर्यटकहरुलाई आकर्षित गर्नका लागि व्यवसायिक ¥याफ्टिङ सञ्चालनको तयारी गरिएको छ । ¥याफटिङ गर्नका लागि आवश्यक सामाग्रीहरु जिल्लामा ल्याईसकिएको छ । यो महिनाको अन्तिमदेखि व्यवसायिक रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि ¥याफटिङ प्याकेज सहित सुरु हुन लागेको हो । सुदुरपश्चिम प्रदेशको प्रवेशद्धार चिसापानी रहेका कारण त्यहाँ कार्यालय स्थापना गरेर चिसापानीको पुल मार्फत स्थलगत आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको तथ्यांक राख्ने काम पनि सुरु भएको छ । 

सुदुरपश्चिम प्रदेशको सीमाना भएर बग्ने कर्णाली नदी ¥याफटिङका लागि उपयुक्त मानिने गरिएको छ । विश्वका उत्कृष्ट ¥याफटिङ हुने नदीमा कर्णाली नदीमा पर्दछ । कर्णालीमा ¥याफटिङ गर्दा निकै मज्जा आउने गरेको यसका जानकारहरु बताउँछन् । कर्णालीमा यसअघि पनि पटक पटक सम्भावनाको खोजी र सम्भाव्यताका लागि ¥याफटिङ गराई सकिएको छ । अव भने कर्णालीमा व्यवसायिक रुपमा ¥याफटिङ हुने तयारी भईरहेको छ । त्यसैगरी चिसापानी भएर सुदुरपश्चिम आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको तथ्यांक राख्ने काम पनि सुरु भएको छ । 

यो महिनाको अन्तिमदेखि व्यवसायिक रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि ¥याफटिङ प्याकेज सहित सुरु हुन लागेको हो । चिसपानीमा दुई महिना अघि स्थापना गरिएको जिल्ला पर्यटन सुचना केद्र कर्णाली चिसापानीले अव कर्णाली नदीमा व्यवसायिक ¥याफटिङ सुरु गर्न लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रमाउने उद्देश्य राखेर सुरु गरिने ¥याफटिङका लागि आवश्यक सामाग्रीहरु पनि ल्याई सकिएको  जिल्ला पर्यटन सुचना केद्र कर्णाली चिसापानीकी प्रमुख वविता पाण्डेयले जानकारी दिईन्। 

सुदुरपश्चिम र कैलाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सेवा सुविधा बढाउनका लागि पनि कार्यालयले ¥याफटिङ सेवालाई यही महिनाको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारी अगाडी बढाईएको छ । त्यसका साथै ¥याफटिङको प्याकेज, गाडी र गाईज सहितको सुसवधा दिने योजना अघि बढाईएकोमा अव यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि तथ्यांक राख्ने काम सुरु भएको छ । दुई महिना अघि नै तथ्यांक राख्न सुरु गरिएको भएपनि त्यो व्यवस्थित र आउनुका विभिन्न वर्गीकरणको हिसावले तथ्यांक आउन बाँकी रहेको जिल्ला पर्यटन सुचना केद्र कर्णाली चिसापानीकी प्रमुख पाण्डेयले बताईन् । फागुनको अन्तिम सातादेखि कर्णालीमा व्यवसायिक ¥याफटिङ सेवाको सुरुवात भएपछि यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । चिसापानीको सोल्टादेखि टीकापुर पार्कसम्म ¥याफटिङको प्याकेज बनाईनेछ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस