कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन प्रधानमन्त्री ओलीको र्दिेशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउनु भएको छ। प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन पनि दुवै मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै उनले कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा आवश्यक्ता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गरे।
एनले भने, ‘केही नभएको होइन् तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन। उनले कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्ने बताए। प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्। उनले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढन पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सचेत गराएका छन।