सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कालाजारका कारण एक जनाको मृत्यु 

२०७९ साउन ५, ०२:२५ खबर संवाददाता

बाजुराः बाजुरामा कालाजारका कारण एक जनाको मृत्यु भएको छ। जिल्लाका बुढीनन्दा नगरपालिका १ का ५२ वर्षीय पर्वलाल गुरुङ्गको मृत्यु भएको हो। 

कालाजारबाट थलिएका पर्वलालको उपचार अभावमा मृत्यु भएको स्थानीयले बताएका छन्। कालाजार भएपछि पर्वलाललाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा गएका थिए। त्यहाँबाट उपचार सम्भव नभएको भन्दै उनलाई नेपालगञ्ज वा काठमाडौजान भन्दै रेफर गरिएको थियो। तर पर्वलालसँग उपचार खर्च नभएपछि उनी घर फर्किएका थिए। उनले खर्च अभावमा उपचार गर्न नपाएपछि घरमै मृत्यु भएको उनकी श्रीमती पानकला गुरुङ्गले बताइन्। 

बाजुरामा २ वर्षयता १४ जनामा कालाजार भेटिएको छ। 

कमेन्ट लोड गर्नुस