सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी बलात्कृत युवतीको बयानः ‘दाई नगर्नु भनेर खुट्टा ढोगीरहे तर चारैजनाले बारम्बार बलात्कार गरे’(भिडियोसहित)

घटना मिलाउन १५ लाखको अफर 

२०७९ साउन ४, ०५:४७ आशिष मल्ल

धनगढी: कञ्चनपुरमा असार २३ गते राति भएको बलात्कार प्रकरणबारे युवतीले वास्तविक घटनाक्रमबारे जानकारी दिएकी छिन्। पुर्नवास नगरपालिकाकी २० वर्षीया पीडित युवतीले आफूमाथि योजनावद्धरुपमा सामूहिक बलात्कार भएको दाबी गरेकी छिन्। उनले बाहिर मिडियामा आएजस्तै आफूमाथि अकस्मात सामूहिक बलात्कार नभएर चारैजनाले बारम्बार बलात्कार गरेको बताएकी छिन्। 

यस्तो छ घटनाक्रम:
जेठ १५ गते मलाई आफू आकाश क्षेत्री(वास्तविक नाम सुशील विष्ट) भएको बताउने युवकले फोन गरेका थिए। गलत नम्बर परेको भन्दै सुरुमा उनले फोन काटे। तर, पुनः फोन गर्न थालेपछि उनीसँग म नजिकिएको थिए। उनले मलाई आफू सशस्त्र प्रहरी बलमा कार्यरत भएको र धनगढी बस्दै आएको बताएका थिए। पछि उनले आफ्नो सरुवा पुनर्वास नगरपालिका–९ मा रहेको विओपीमा भएको बताए। मलाई माया गर्ने र बिहे गर्न चाहने भन्दै उनले प्रस्ताव राख्ने गरेका थिए। तर उनले ‘घरमा नभनौ हाम्रो थर मिल्दैन भागौं’ भन्थे। 

बीचमा उनीसँग मेरो झगडा भएको थियो। मैले उनको नम्बर ब्ल्याकलिस्ट राखेको थिए। तर एक दिन अपरिचित नम्बरबाट फोन आयो। उनी आकाश नै थिए। ‘तयार भएर बस म तिमीलाई लिन आउँछु’ भन्यो। त्यसपछि आकाशको दाईले कुरा गरे।  उनले बुहारी ‘म आकाशको दाई हुँ, तयार भएर बस, लुगा तयार गर,  राति ११ बजे हामी तिमीलाई लिन आउँछौं’ भने। मलाई आकाशको नम्बर ब्ल्याकलिस्टबाट हटाउन उनले अनुरोध गरे। राति ११ बजे आकाश मलाई मोटरसाइकलमा लिन आयो। म मोबाइल बहिनीलाई दिएर निस्के।   

मेलै ‘दाई खोई’ भन्दा उनले ‘दाई अगाडि हुुनुहुन्छ’ भने। उनले मलाई मोटरसाइकलमा राखेर पुनर्वास–५ सिमरीस्थित दोदा पुलनिर पुगाए। मैले किन रोकेको भन्दा उनले पिसाब फेर्न भने र मलाई पनि फेर्ने हो भनेर सोधे। त्यसपछि उनले कसैलाई फोन गरेर ‘हलो हामी पुगीसके तिमीहरु कहाँ छौ’ भनेर सोधे। 

१० मिनेटपछि ३ जना केटाहरु आए। मैले भागौं भन्दा उनले किन भाग्ने भने। उनको आडले म पनि भगेन। त्यसपछि एउटाले उसलाई समात्यो र २ जनाले मलाई समाते। २ जना चौधरी भाषा बोल्दै थिए। उनीहरु सबैले मुखमा पट्टी बाँधेका थिए। उनीहरुले ‘को हो तिमीहरु’ भनेर सोधेपछि मैले ‘दाई हामीलाई छोड्नु हामी भागेर जादैछौ’ भने। तर उनीहरुले ‘यसलाई छोड्नुहुन्न भन्दै आकाशलाई कुटपिट गर्न’ लागे। त्यसपछि मेरो आँखा छोपेर पट्टी बाँधे। म कराउन थालेपछि ‘नकराउ नत्र अरु मान्छेलाई बोलाउँछौ’ भनेर धम्काए। घाँटी पनि च्यापे। 

पछि उनीहरुले मलाई गिट्टी भएको ठाउँमा सुताए। सुरुमा त्यहि शुशिल(अकाश विष्ट)लाई नै बलात्कार गर्न दिए। त्यसपछि बाँकी सबैले गरे। मैले धेरै अनुनय विनय गरे दाई नगर्नु भनेर खुट्टा ढोगे तर उनीहरु रोकिएनन्। शुशिलपछि आफूलाई सशस्त्र हुँ भन्नेले बलात्कार गर्दा उनलाई मैले चिनेको जस्तो लाग्यो। ‘दाई तपाईंलाई चिनेजस्तो लाग्यो गाउँकै हुनुहुन्छ’ भने। तर उनले ‘म तिम्रो गाउँको हैन’ भन्दै त्यही मार्ने धम्की दिए।

 सबैले बलात्कार गरेपछि २ जना पानी ल्याउन गए। म होसमा थिएन। पानी ल्याएपछि उनीहरुले ममाथि पानी हाले, मेरो योनी पनि धोइदिए। त्यसपछि होश आयो। त्यसपछि चौधरी भाषा बोल्नेले फेरि बलात्कार गरे। अनि त्यो सशस्त्र प्रहरी भन्नेले गर्‍याे। यतिसम्मकी उनीहरुले मेरो गोजीमा भएको सय रुपैयाँ पनि लगे। 

त्यसपछि उनीहरुबीच बोलाबोल भइरहेको थियो। म कपडा लगाएर उखुबारीमा बसिरहेको थिए। उनीहरुले मलाई बेलाए। तर म बोलिन। त्यसपछि म बाहिर आए। त्यहाँ एउटा मोटरसाइकलमा शुशिल बसिरहेको थियो। पछाडि अर्को व्यक्ति थियो। पछि त्यो अर्को मान्छे गयो। 

मैलै शुशिललाई ‘यहाँ किन बाइक रोकेको ? तैले गर्दा यस्तो भयो’ भनेर भने। उसले आफ्नो गल्ती पनि स्विकार्यो। त्यसपछि ‘मैलै जाऊ अब’ भन्दा उसले ‘मसँग मोटरसाइकलको ब्लूबुक छैन, भएको ५ हजार पनि लगे, मोबाइल पनि फुटाइदिए’ भनेर भने। उसले मलाई भोलि लग्ने भनेर मेरो घर पुगाइदिन्छु भन्यो। 

घर पुगिसकेपछि मैले नुहाएको थिए। त्यसबेलासम्म रातको २ बजिसकेको थियो। अर्को दिन २४ गते बिहान मैले उसलाई फोन गरे। उनले पछि लिन आउने भने। तर पछि फोन गर्दा उसले मेरो नम्बर ब्ल्याक लिस्टमा राखेको थियो। मैले उनको दाई भन्नेको नम्बरमा पनि फोन गरे। तर त्यो नम्बरमा पनि फोन लागेन। डर लागेपछि दिदीलाई भने। दिदीले शुशिललाई फोन गर्दा उसले ‘जे हुनु भइहाल्यो अहिले म व्यस्त छु भनेर फोन काट्यो।’ पछि हामीले ३१ गते इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दियौं। (पीडित युवतीसँगको कुराकानीमा आधारित)

घटनापछि...
प्रहरीले घटनाबारे निवेदन आएपछि पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका शुशिल विष्टसहित चारै जनालाई पक्राउ गरेको थियो। प्रहरी शुशिलसँग सोधपुछ गरेपछि २२ वर्षीय सशस्त्र प्रहरी जवान खेमप्रसाद जैसी, १९ वर्षीय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्रीलाई पक्राउ गरेको थियो। 

अनुसन्धानबाट उनीहरुबीच चिनजान रहेको खुलेको छ। प्रहरीले घटनामा प्रयोग भएको खेमप्रसाद जैसीको से५प १९८७ नम्बरको २२० पल्सर मोटरसाइकल पनि बरामद गरेको थियो। तर, पीडित युवतीका आफन्तले प्रहरीले आफूहरुलाई मिडिया तथा संघसंस्थालाई जानकारी नगराउन दबाब दिएको गुनासो गरेको छन्। युवतीकी सानीआमाले प्रहरीले बयान दिएको घटना नभनेर मिडियामा अर्कै जानकारी गराएको आरोप लगाएकी छिन्।

तर इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले भने पीडितको परिचय गोप्य राख्नुपर्ने तथा अनुसन्धानमा असर नपरोस् भनेर सबैलाई घटनाबारे जानकारी नदिन आफन्तलाई सुझाव दिएको बताएको छ। प्रहरी सहायक निरीक्षक गोपाल बोहराले घटनाबारे अनुसन्धान जारी रहेको बताए। ‘अहिले वादी र प्रतिवादीको बयान चलिरहेको छ। अनुसन्धान जारी छ’ उनले भने। 

घटना मिलाउन १५ लाखको अफर
चारैजना पक्राउ परेपछि पीडित पक्षलाई बलात्कार घटना मिलाउन दबाब आएको छ। पीडितकी ठुलीआमा सुनामाया मोक्तानका अनुसार अपरिचित नम्बरबाट फोन गरेर कसैले १५ लाखमा घटना मिलाउने अफर गरेको छ। अधिकारकर्मी समेत रहेकी मोक्तानले मुद्दा कमजोर बनाउन चलखेल भइरहेको आशंका गरेकी छिन्। ‘पीडितले छिट्टै न्याय पाउनुपर्छ। त्यो दिन उनको ज्यान तलमाथि पनि हुनसक्थ्यो तर भाग्यले उनी बाँचेर आइन्’ उनले भनिन्।  

घटनामा प्रयोग भएको मोटरसाइकल


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस