बैतडीमा नागरिकतामा केरमेट गरेर ७ जनाले वृद्धभत्ता लिएपछि...
धनगढीः बैतडीमा नागरिकतामा केरमेट गरेर पनि सामाजिक सुरक्षा भत्ता लिएको पाइएको छ। जिल्लामा ७ जनाले आफ्नो जन्ममिति बढाएर भत्ता बुझेको पाइएको हो।
दशरथचन्द नगरपालिकाका ७ जनाले यसरी वृद्धभत्ता लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि अनुसन्धान गर्दा वृद्धभत्ता लिने गरेको पाइएको हो। तर, उनीहरुको नाम भने खुलाइएको छैन।
बैतडीमा जन्मतिति बढाएर वृद्धभत्ता लिनेको संख्या २२ पुगेको छ। जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सामाजिक सुरक्षा ऐन र नागरिकता ऐन अनुसार कारबाही हुने कानुनी व्यवस्था छ।