बैतडीमा घर भत्किँदा २० लाखको क्षति
धनगढीः बैतडीमा घर भत्किँदा २० लाखको क्षति भएको छ। सुर्नया गाउँपालिकाको वडा नम्बर ८ सेलाका स्थानीय धनी साउँदको घर भत्किएको हो। अविलर वर्षाका कारण पहिरो खसेर साउँदको घरम भत्किएको सोही गाउँका स्थानीय रामबहादुर साउँदले बताए। धनी साउँदको दुई कोठे पक्की घर भत्किँदा २० लाख क्षति भएको बताइएको छ।
उक्त घर नजिकै रहेको गणेश आधारभूत विद्यालयको चौर भाँसिएर आएको पहिरोले क्षति पुगाएको हो। पहिरो क्षति पुगाएको घरमा पसल सञ्चालन गरिएको थियो। उक्त पसलमा १० भन्दा बढीको सामान रहेको साउँदले बताए। पहिरोले पसलको सामानमा पनि क्षति पुगाएको छ।
यस्तै सोही गाउँमा एक अर्को घर पहिरोको उच्च खोजीममा रहेको छ। स्थानीय रमेशबहादुर साउँदको घर पहिरोको उच्च जोखिममा रहेको हो। पहिरोबाट भएको क्षति र जोखिमबारे स्थानीयले ढोल्यामोड प्रहरीलाई खबर गरेको बताएकाे छ।