बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अझै अवरुद्द
२०७९ साउन ३, ०७:०७
बाजुरा: बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अझै अवरुद्द रहेको छ। लगातारको वर्षाका कारण सडक सञ्चालनमा आउन नसकेको हो।
वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएको र वर्षा लगातार भइरहेका कारण अवरोध हटाउने काम पनि रोकिएको जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताएका छन्।
सडकका विभिन्न स्थानमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ।
कमेन्ट लोड गर्नुस