कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना
महेन्द्रनगरः कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ। युरोपेली आयोगको आर्थिक सहयोगमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो। सरकारसँग समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षको सोमबार उद्घाटन गरिएको छ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले उक्त सहायता कक्षको उद्घटन गरेका हुन्। योसँगै नाकामै निर्माण गरिएको अन्य संरचनाको पनि सोमबार नै उद्घाटन गरिएको छ।
उक्त कार्यक्रममा युरोपेली युनियनका राजदूत नोना डे«प्पे्रेजको पनि सहभागिता रहेको थियो। स्वास्थ्य सहायता कक्षमा स्तनपान कक्ष, शौचालयलगायतका संरचना बन्नुका साथै विभिन्न जनचेतनामुलक सामग्री राखिएका छन्।