नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको अध्यक्षमा चौधरी
नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको अध्यक्षमा पत्रकार भीम चौधरी चयन भएका छन्। शनिबार धनगढीमा भएको प्रथम जिल्ला अधिवेशनबाट चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा रन्जित लामा, उपाध्यक्ष महिलामा इन्द्रा केसी, सचिवमा शेरबहादुर ऐर, सहसचिव खुल्ला तर्फ कैलास जोशी, सहसचिव समावेशीमा विवेक नागरी र कोषाध्यक्षमा सविता बुढा रहेका छन्।
यस्तै, सदस्यमा हेमराज भट्ट, संगिता खडका, नरेन्द्र चौधरी, तेज बोहरा, घनश्याम पौडेल र प्रिन्स विक रहेका छन्। नेपाल पर्यटन पत्रकार महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष बसन्तप्रताप सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
कार्यक्रममा वरिष्ठ पत्रकार मनमोहन स्वार, पर्यटन पत्रकार महासंघ प्रदेश अध्यक्ष अम्मर भट्टराई,नेपाल पत्रकार महासंघ कैलाली शाखाका पुर्व अध्यक्ष भरत शाह, नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, क्रान्तिकारी पत्रकार संघकी केन्द्रीय सचिव उन्नती चौधरी, आदिवासी जनजाती पत्रकार महासंघ कैलालीका अध्यक्ष लखन चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।