सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वर्षा र हावाहुरीले मकैबालीमा क्षति

२०७९ असार ३१, ०५:१८ खबर संवाददाता

बैतडीः बैतडीमा वर्षा र हावाहुरीले मकैबालीमा क्षति भएको छ। लगातारको वर्षा र हावाहुरीले जिल्लाको दशरथचन्द, पुर्चौंडी, पाटन नगरपालिका, सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पर्याएको हो। 

जिल्लाका अधिकांश स्थानमा मकैबालीमा क्षति पुगेको स्थानीयले बताएका छन्। हावाहुरीले मकैबालीमा क्षेती भएकाले यो वर्ष मकै उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित भएका छ। 

मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको ठाउँमा क्षति भएपछि किसानहरु चिन्तित बनेका छन्। बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ। 
 

कमेन्ट लोड गर्नुस