सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘लौरो’

२०७९ असार ३१, ०१:०६ खबर संवाददाता

धनगढीः निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ। अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ। बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो। 

सो दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ। त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार, गिरीराज पौडेल, फूलमाया तामाङ, कल्पना न्यौपाने लगायत सदस्य रहेका छन्। आयोगमा हाल दल दर्ता संख्या १ सय १३ दल पुगेको छ।
 

कमेन्ट लोड गर्नुस