सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा २० वर्षीया युवतीलाई दिइयो ढुंगाले हानेर मृत्युदण्डको सजाय

२०७९ असार ३०, ०४:०८ खबर संवाददाता

एजेन्सी: सुडानमा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ। सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीय मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनुअघि पक्राउ गरेको थियो। फैसलाविरुद्ध उनले उच्च अदालतमा अपिल गरेकी छिन्। करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो।  

पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको  र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन्। सुडानमा दोषीको हात तथा खुट्टा काट्ने गरिन्छ। दुर्लभ अवस्थामा मात्र मृत्युदण्डको सजाय दिइन्छ। 
 

कमेन्ट लोड गर्नुस