अब बैतडीको गोठलापानी बजारमा सवारी पार्किङ गर्न नपाइने
बैतडी: बैतडीको सदरमुका गोठलापानी बजारमा सवारी साधन पार्किङमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सार्वजनिक सवारी साधनलाई व्यवस्थापन गर्न गोठलापानीमा रहेको बसपार्कमै पार्किङ गर्नुपर्ने निर्णय गरेको हो।
बीच बजारमा सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा बसपार्कमै सवारी साधन पार्किङ गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
यस्तै यात्रुहरुलाई सवारी साधनमा चढ्न र ओर्लन मिल्ने गरी दुई ठाउँमा स्ट्याण्ड पोइन्ट राख्ने निर्णय पनि भएको छ।