राष्ट्रपति निवासपछि श्रीलंकामा प्रदशर्नकारीले कब्जा गरे प्रधानमन्त्री कार्यालय
काठमाडौं: श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन्।
यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालय पनि कब्जा गरेको श्रीलङ्काको सञ्चारमाध्यम न्यूज वायरले जनाएको छ।
गेट बाहिर सशस्त्र प्रहरीसँग घन्टौ चलेको गतिरोधपछि कयौं प्रदर्शनकारी प्रधानमन्त्री कार्यालयको बाल्कोनीमा पुगेका छन् र उल्लासका साथ नारा लगाइरहेका बीबीसीले जनाएको छ।