सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका एक शिक्षक बेपत्ता

२०७९ असार २९, ०७:३६ खबर संवाददाता

धनगढी: दार्चुलाका एक शिक्षक बेपत्ता भएका छन्। प्रहरीका अनुसार जिल्लाको नौगाड गाउँपालिका-१ का ४९ वर्षीय शिक्षक हरकसिंह ठगुन्ना बेपत्ता भएका हुन्।

सोमबार साँझ गाउँ नजिकैको बिहेमा जान्छु भनी हिँडेका ठगुन्ना उतैबाट बेपत्ता भएका कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनी भूमिराज मावि इयरकोटमा कार्यरत रहेको बताइएको छ। शिक्षक ठगुन्नाको प्रहरीले खोजी गरिरहेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस