सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा यस्तो पनि, विद्यालयको गेटमै एमालेको प्रचार 

२०७९ असार २८, ०३:०७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको एक विद्यालयको गेटमै नेकपा एमालेले आफ्नो नाम लेखेको भेटिएको छ। बेदकोट नगरपालिका–९ मा रहेको उदयदेव माध्यमिक विद्यालयको गेटमा नेकपा एमालेले आफ्नो नाम लेखेपछि विवाद सिर्जना भएको छ।

 एमालेको वडा कमिटीले विद्यालयलाई गेट सहयोग गरेको थियो। तर, गेटमा पार्टीले आफ्नो नाम लेखेपछि आलोचना भएको हो। एमालेले विद्यालयको गेटमा पार्टीको नाम लेखेपछि शिक्षक, विद्यार्थी र अन्य दलका प्रतिनिधिले आलोचना गरिरहेका छन्।

एमाले बेदकोट–९ को कमिटीले गेट शनिबार राखेको थियो। बिदाको दिन परेको हुँदा विद्यालय प्रशासनलाई पार्टीको नाम लेखिएको बारेमा जानकारी नभएको प्रधानाध्यापक मोहन जोशीले बताए। उनले त्यो त्रुटि भएको भन्दै पार्टीको नाम हटाएर ल्याउन निर्देशन दिएको जानकारी दिएका छन्। 

कमेन्ट लोड गर्नुस