सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नो नियन्त्रणमा आउने युक्रेनको दाबी

२०७९ असार २८, ०५:५२

एजेन्सी: युक्रेनले रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नो नियन्त्रणमा आउने दाबी गरेको छ। युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले नेटोले प्रदान गर्ने हतियारले सेनालाई थप बलियो बनाउने र दक्षिण क्षेत्र फिर्ता लिने बताएको बीबीसीले जनाएको छ। 

ब्ल्याक सी वरपरका सामुद्रिक तट र बन्दरगाहहरू युक्रेनका लागि निकै महत्त्वपूर्ण रहेकाले अत्याधुनिक हतियारसहितका लाखौँ सेना तयार बनाएर गुमेका भू–भाग फेरि फिर्ता ल्याउने रक्षामन्त्रीले दाबी गरेका छन्। बेलायतले दिएका सोभियत युगका हतियारका कारण बलियोसँग लड्न सफल भइरहेको र नेटो देशबाट प्राप्त हुने अत्याधुनिक हतियारबाट थप सहयोग पुग्ने युक्रेनको अपेक्षा रहेको छ। 

युक्रेनी सैनिक, नागरिक र सार्वभौमसत्ता जोगाउनका लागि युरोपेली देश र अमेरिकाबाट तत्कालै ठुलो आर्थिक र हतियारको सहयोग चाहिएको युक्रेनी रक्षामन्त्रीको भनाइ छ। 

कमेन्ट लोड गर्नुस