बझाङमा साईकलबाट लडेर बालकको मृत्यु
बझाङमा साईकलबाट लडेर एक बालकको मृत्यु भएको छ। बझाङको थलारा गाँउपालिका वडा नम्बर ६ नुवाका गणेश सुनारका १४ बर्षिय छोरा सञ्जयको मृत्यु भएको हो। थलारा माध्यामिक विद्यालयको बार्षिक उत्सवबाट घर फर्कने क्रममा उनको भीरबाट साईकल खसेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको हो। साइकलको पछाडि बसेका अर्का बालक किरण सुनारको हातमा चोट लागेको छ। प्रहरीको टोली घटनास्थलतिर गएको बझाङ प्रहरीले जानकारी दिएको छ।