युक्रेनी नागरिकलाई रुसले नागरिकता दिने
काठमाडौँः रुसले युक्रेनका सबै नागरिकलाई नागरिकता दिने घोषणा गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिकता फास्ट ट्य्राकबाट दिने घोषणा गरे। यसअघि युक्रेनको पूर्वी क्षेत्र डोनेत्स्क, लुहान्स्क क्षेत्र साथसाथै दक्षिणतर्फक जपोरिझ्झिया र खेर्सोन क्षेत्रमा बासिन्दालाई मात्रै फास्ट ट्रयाकको कार्यविधि रहेको थियो।
यो क्षेत्रहरु रुसको नियन्त्रणमा रहँदै आएको थियो। पुटिनको यो घोषणाको बारेमा हालसम्म युक्रेनका अधिकारिहरुले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।