सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बाघको आतङ्क 

फाइल फोटो
फाइल फोटो
२०७९ असार २७, ०७:५० खबर संवाददाता

धनगढी: बझाङमा बाघको आतङ्क मच्चाएको छ। जिल्लाको बुङ्गल नगरपालिकामा बाघले बाख्रा खान थालेको हो।

बाघले बुङ्गल–१ सतिवनका धनबहादुर बोहराका दुई बाख्रा खानुका साथै १० बाख्रा मारेको छ। खोरमै पसेर बाघले बाख्रा खाएको बोहराले बताए। शनिबार बाख्रा चराएर खोरमा बाँधेर घर फर्किएका उनले आइतबार बिहान खोरमा पुग्दा बाख्रा मारेर छोडेको अवस्थामा फेला परेको बताए।

बाघले बाख्रा खान थालेपछि स्थानीय त्रसित भएका छन्। बाख्रा खोर बस्तीभन्दा टाढा जंगल नजिकै हुँदा बाघले खोरमै पसेर बाख्रा खाने र मार्ने गरिरहेको वडाध्यक्ष कस्वा बोहराले बताए। 
 

कमेन्ट लोड गर्नुस