यस्तो बन्यो कञ्चनपुर उद्योग वाणिज्य संघको टिम
धनगढीः कञ्चनपुर उद्योग वाणिज्य संघको १७औं कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्षमा निर्वाचित भएका छन्। संघको आइतबार दिउँसो सम्पन्न मतगणनामा संघका पूर्व अध्यक्षसमेत रहेका गणेशदत्त जोशीलाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन्।
निर्वाचित जोशीले एक हजार दुई सय ९९ मत प्राप्त गरेका छन् भने पराजित जोशीले ७८३ मत पाएको निर्वाचन समितिले जनाएको छ। यस्तै संघका उपाध्यक्षमा धर्मसिंह रावल, महासचिवमा खगेश्वर बोहरा निवाृचित भएका छन्।
यसअघि संघको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उपाध्यक्षमा सुरेश गुरुङ्ग, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसैगरी संघको सात सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन्।