सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा संघीय अनुगमन टोली पुग्दा एमाले सुदूरपश्चिमको विज्ञप्ति, यस्ता छन् माग  

२०७९ असार २६, ११:१५ खबर संवाददाता

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालय सञ्चालन गर्न माग गरेको छ। गेटा मेडिकल कलेजको अनुगमन गर्न संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको संसदीय टोली कैलाली पुगेका बेला एमालेले यस्तो धारणा सार्वजनिक गरेको हो। 

आइतबार एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले विज्ञप्ति नै जारी गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजना गरेको कार्यक्रममा गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालय सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेको स्मरण गराएका छन्। उनले भनेका छन्, ‘सो प्रतिवद्धता अनुसार अहिले पनि गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रुपमा शैक्षिक तथा स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने कुरा हाम्रो पार्टीको धारणा छ।’ 

साथै एमालेले गेटामा भौतिक संरचना निर्माण भइसकेकाले अविलम्ब आधुनिक उपकरण तथा विशेषज्ञ सेवा सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न समेत माग गरेको छ। 

कमेन्ट लोड गर्नुस