सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंका संकटः प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

२०७९ असार २५, ०८:३१ खबर संवाददाता

काठमाडौंः श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन्। आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महंगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ। देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ।

सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो। सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो। तर विपक्षी दल र आम नागरिकले विरोधपछि सरकार कर्प्यू हट्यो भने शनिबार विहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले। मानिसहरु रेल, बस, ट्रकजस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए।

करिव दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए। केहीबेरमै ठूलो भीड जम्मा भयो। केही प्रदशर्नकारी मेन गेटमा चढेर परिसरमा घुसे। सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन्।

कमेन्ट लोड गर्नुस