बाजुरामा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध
२०७९ असार २५, ०८:००
बाजुरा: बाजुरामा सांफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका ४ ओलेनास्थित वर्षाका कारण सडक माथिबाट ढुङ्गा माटो, बालुवा आई सांफे मार्तडी सडकखण्ड शनिबार बिहान अवरुद्ध भएको हो।
प्रहरीले सबै ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको बताएको छ।
कमेन्ट लोड गर्नुस