सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले बझाङको अध्यक्षमा भण्डारी

२०७९ असार २५, ०४:०६ खबर संवाददाता

बझाङः नेकपा एमाले बझाङको ८ औं अधिवेशनबाट जिल्ला अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन्। शनिबार भएको निर्वाचन प्रक्रियामा एकल उम्मेदवारी परेपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका थिए। भण्डारी कानुन व्यवसायी समेत हुन्।

यस्तै सचिवमा भने नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्रबहादुर सिंह (एलवी) र आनन्दलाल विक गरी ४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्र बहादुर खड्का गरी २ जनाको उम्मेदवारी परेको छ। त्यस्तै उपसचिवमा भागरथीदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी ५ जनाको उम्मेदवारी परेको छ। यधपी सहमतिको प्रयास भैरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस