सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगामा ४ सय मत गन्दा एमालेको प्रारम्भिक अग्रता

२०७९ असार २४, ०४:४४

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकको मतगणनाको प्रारम्भिक मत परिणाम आएको छ। प्रारम्भिक परिणाम अनुसार एमालेले अग्रता लिएको छ। यहाँ एमाले र कांग्रसबीच सुरुवाती कडा प्रतिस्पर्धा देखिएको हो। 

हालसम्म वडा नं. १ र १० को कुल ४०० मतको गणना सकिएकोमा एमालेले मेयरमा १८८ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस १८५ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले १८७ मत ल्याएको छ भने कांग्रेसले १८५ मत पाएको छ।

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

बुढीगंगामा ३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको थियो।

No photo description available.

No photo description available.


 

कमेन्ट लोड गर्नुस