सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजी जारी 

२०७९ असार २४, ०९:१४ खबर संवाददाता

धनगढी: दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजी कार्य जारी छ। प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

बुधबार व्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका थिए। भारत गर्वाधारबाट खाने तेल किनेर घर फर्कँदै गरेका उनी तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा टुटेर नदीमा बेपत्ता भएका थिए। बुधबारदेखि नै प्रहरीले उनको खोजी गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस