कैलाली र कञ्चनपुरमा काठ तस्कर सक्रिय, ६ जना पक्राउ
सुदूरपश्चिमको पश्चिमी सिमानामा काठ तस्कर सक्रिय भएका छन। नेपाल भारतको खुल्ला सिमानाका कारण काठ तस्कर सक्रिय भएका हुन। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट भारत तथा नेपालका वनको काठ तस्कर गर्ने गरेको खुलेको हो। शव डिभिजन वन कार्यालय कैलालीले शुक्रबार मात्र ६ जना काठ तस्कारलाई नियन्त्रण लिएको छ। सब डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत भरत शाहका अनुसार विशेष सुराकीका आधारमा शुक्रबार विहान ६ जना काठ तस्करलाई नियन्त्रणमा लिईएको हो।
सव डिभिजन वन कार्यालय कञ्चनपुरका सामुदायिक वनबाट अवैध रुपमा काठ तस्करी हुने गरेको सव डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत शाहले बताए। काठ तस्करहरुले कञ्चनपुरबाट तस्कर गरी कैलालीका विभिन्न स्थानमा विक्री गर्ने गरेको समेत खुलेको छ। राती ३ वजेदेखि नै तस्कर गर्न सुरु गर्ने गरेको सव डिभिजन वन कार्यालय कैलालीले जनाएको छ। शुक्रबार मात्र सव डिभिजन वन कार्यालय कैलालीले ६ जना काठ तस्कर संगै १० ओटा साईकल समेत नियन्त्रणमा लिएको छ । साईकलमा काठ तस्कर गर्ने र ट्याक्टरमा राखेर विक्री गर्ने गरेको समेत खुलेको छ।
काठ तस्करसंगै काठ खरिद गर्ने व्यक्ती पनि वनको नियन्त्रणमा गरेका छन भने तस्करहरुले आफ्नो घर खर्च चलाउनको लागि दाउरा विक्री गर्दै आएको बताए। सव डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत शाहले तस्करलाई वन ऐन २०४९ को नियम अनुसार कारवाही हुने बताए।