सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६ सय रुपैयाँले घट्यो सुनको मूल्य 

२०७९ असार २२, ११:५७ खबर संवाददाता

काठमाडौं: बुधबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ। हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज ९६ हजार रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महंगो भएकाले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ पुगेको छ।

कमेन्ट लोड गर्नुस