धनगढीबाट डडेल्धुरा गइरहेको स्कारपियोमा आगलागी
धनगढी: धनगढीबाट डडेल्धुरातर्फ गइरहेको एक स्कारपियोमा आगलागी भएको छ। सुदूरपश्चिम प्रदेश ०४००१ च ००५८ नम्बरको स्कारपियोमा मंगलबर बिहान आगलागी भएको हो।
भीमदत्त राजमार्ग अन्तरगत हगुल्टेमा उक्त गाडीमा आगलागी भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। टार सर्ट भएर गाडीमा आगलागी भएको बताइएको छ। आगलागीबाट स्कारपियो पूर्णरुपमा जलेर नष्ट भएको छ। तर कुनै मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। स्कारपियो डडेल्धुराका शान्ति जोशीको भएको बताइएको छ।