सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा २२ गते एमालेको अधिवेशन, महासचिव पोखरेल आउने

फाइल फोटो
फाइल फोटो
२०७९ असार १८, ०४:५२ खबर संवाददाता

धनगढीः नेकपा एमालेका महासचिव शंकर पोखरेल अगामी मंगलबार बझाङ आउने भएका छन्। बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल आउन लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए।

महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरूको उपस्थिति हुने जनाइएको छ। आगामी २२ गते हुने जिल्ला अधिवेशनका लागि महासचिव पोख्रेल २१ गते बझाङ पुग्ने छन्। २२ गते उद्घाटन गर्ने र २३ गते नयाँ नेतृत्व चयन गरिने जनाइएको छ।

एमालेले अघिल्लो वर्ष पुस २३ गते देशै भरी एकै दिन जिल्ला अधिवेशन आयोजना गरेको थियो। उक्त दिन सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक सबै जिल्लामा अधिवेशन सम्पन्न भएको थियो। बझाङमा मौसम खराब भएका कारण उक्त लिन अधिवेशन हुन सकेको थिएन।

कमेन्ट लोड गर्नुस