सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्याटमिन्टन प्रतियोगिता सुरु

२०७९ असार १६, ०९:४६ खबर संवाददाता

धनगढी: मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको छ। सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो। सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए। 

प्रतियोगितामा नौ वटै जिल्लाका चार जना महिला र चार जना पुरुष खेलाडी र एक जना व्यवस्थापक गरी ७२ जना खेलाडी तथा ९ जना व्यवस्थापक सहभागी रहेका छन्। प्रतियोगितामा १९ बर्षमुनि र १५ बर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताको पहिलो दिन दुबै उमेर समुहका चार वटै विधाका प्रिक्वाटरफाईनलदेखि क्वाटरफाईनलसम्मका प्रतिस्पर्धा भएका छन्। प्रतियोगिताको दोस्रो दिन दुबै उमेर समुहका क्वाटरफाईनल तथा सेमिफाईनलका खेलहरु आयोजना हुने आयोजकले जनाएको छ। 

कमेन्ट लोड गर्नुस