सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्विरोध 

२०७९ असार १६, ०६:०३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर कञ्चनपुर उद्योग वाणिज्य संघको १७औं कार्यकारिणी समितिको निर्वाचन अन्र्तगत बिहीबार वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्विरोध निर्वाचित भएका छन्। हालसम्म वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी कार्यकारिणी समितिको सात जना सदस्य समेत निर्विरोध निर्वाचित भएका छन्। सदस्यहरुमा भोजराज अवस्थी, प्रदिप पाल, मीनराज भट्ट, प्रेमप्रकाश पाठक, बिशाल सोनार, गोपालसिंह बुडापाल, नरेन्द्र प्रसाद जोशी र संस्थागत सदस्यतर्फ चन्द्र बुडा निर्वाचित भएका हुन्।

बिहीबार दिनभरी सहमतीमै नेतृत्व चयन गर्न व्यवसायीहरु प्रयासरत रहेपनि सहमती जुट्न सकेन। अध्यक्ष पद, वाणिज्य उपाध्यक्ष र महासचिव पदका लागि आगामी असार २५ गते निर्वाचन हुनेछ।

अध्यक्ष पदका लागि व्यवसायी पिताम्बर जोशी र गणेश चुनावी प्रतिस्र्धामा उत्रिदैछन्। त्यस्तै वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र विनोद जोशीबिच प्रतिस्प्रर्धा हुनेछ। भने, महासचिव पदमा निर्मला सोपकोटा भट्ट र खगेश्वर बोहरा चुनावी मैदानमा उत्रिएका छन्।

संघ निर्वाचन समितिको कार्यालयले बिहीवार बेलुकी ४ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समयसीमा दिएको थियो। कञ्चनपुर उद्योग वाणिज्य संघमा ३ हजा २ सयभन्दा बढी मतदाता रहेका छन्।

कमेन्ट लोड गर्नुस