सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा भट्ट प्रथम

२०७९ असार १६, ०५:२२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश युवा परिषद्ले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा बैतडीका डम्बर भट्ट प्रथम भएका छ्न्। भट्टले नगद पुरस्कार ३५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छ्न्।

“राज्यका निकायमा युवाको नेतृत्व” शिर्षकमा गरिएको प्रतियोगिता उनी प्रथम भएका हुन्। प्रतियोगितामा अछामका निराजन कुँवरले द्वितीय स्थान हात पारेका छन्। यस्तै कैलालीका यमराज जोशी तृतीय भएका छन्।

कमेन्ट लोड गर्नुस