सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खोलामा बगेर बालक बेपत्ता, महाकाली किनारमा युवती मृत फेला 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार १६, ०४:५९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा खोलामा बगेर एक बालक बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। 

उनी खोलामा नुहाउने क्रममा बुधबार साँझ बेपत्ता भएका हुन्। खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अज्ञात रहेको झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए। उनको खोजीका लागि प्रयास भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।

यस्तै भीमदत्त नगरपालिका–९ खल्लास्थित महाकाली नदीको किनारमा एक युवतीको शव फेला परेको छ। हनाम, थर, वतन नखुलेकी ती १९ वर्षीया महिला बुधबार नै मृत अवस्थामा फेला परेकी थिइन्। 
 

कमेन्ट लोड गर्नुस