सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण बझाङको एक विद्यालय बन्द

२०७९ असार १६, १२:५८ खबर संवाददाता

बझाङः वर्षाका कारण बझाङको एक विद्यालय बन्द गरिएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिकामा रहेको जडारिगाड खोलाको बहाव बढेर हिड्ने बाटोसमेत बगाएपछि आवतजावतमा समस्या भएको भन्दै खप्तडछान्ना २ खाती गाउँको विद्यालय बन्द गरिएको हो। 

जगदम्बा आधारभूत विधालय १ हप्तादेखि बन्द गरिएको छ। खोलाको बहाव बढेर विद्यार्थीलाई विद्यालय आउन समस्या हुने भएकाले बिदा दिइएको विधालय प्रशासनले जनाएको छ। वर्षा कम नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो।

कमेन्ट लोड गर्नुस