सुदूर नेपाललाई विश्वसँग जोड्दै

हत्याको घटनालाई आत्महत्या देखाउने एकजना पक्राउ 

२०७९ असार १५, ०८:२३ खबर संवाददाता

रौतहट: हत्याको घटनालाई आत्महत्या देखाउने एकजना पक्राउ फक्राउ परेका छन्। घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका ९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई असार ६ गते प्रहरीले पक्राउ गरेको हो।

कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन २०७८ चैत्र १० राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको र चन्द्ननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा तरानाको झुण्डिएर नभई घाटी थिची हत्या भएको खुल्न आएपश्चात कवारीलाई प्रहरीले पक्राउ गरेको बताएको छ। उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस