सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चित हास्य अभिनेता ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्ने

२०७९ असार १४, ०६:०८ खबर संवाददाता

काठमाडौँः दक्षिण भारतका चर्चित हास्य अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ’ह्रस्व दीर्घ’मा अभिनय गर्ने भएका छन्। नीता ढुंगाना र हरिहर अधिकारीको अभिनय रहने फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने सम्झौता गरेका हुन्। निर्देशक चन्द्र पन्तले सबैभन्दा महंगो पारिश्रमिकमा ब्रह्मानन्दमलाई फिल्ममा अनुबन्धित गरेको बताएका छन्।

सर्वाधिक फिल्ममा अभिनय गर्ने कलाकारको विश्व कीर्तिमान बनाएका ब्रह्मानन्दमले दक्षिण भारतका सबै फिल्म स्टारसँग काम गरिसकेका छन्। यसअघि यही फिल्ममा अर्का भारतीय कलाकार सुनिल वर्मा, प्रदीपराज रावत, ’अली’समेत अनुबन्धित भएका थिए। फिल्मलाई बलिउड सिनेमेटोग्राफर कवीरलालले खिच्ने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस