सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ८ वर्षीया बालिका बलात्कृत, शिक्षक पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ असार १४, ०५:२८ खबर संवाददाता

बझाङ: बझाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। केदारस्यु गाउापालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी पक्राउ परेका हुन्। 

असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी ८ वर्षीया बालिकालाई गुर्धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकाले उक्त कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए। गुर्धामीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए।  

कमेन्ट लोड गर्नुस