सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

२०७९ असार १३, १२:४५ खबर संवाददाता

धनगढीः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्‍याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ। अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन्।

तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश भएको गुनासो आएकाले त्यसो नगर्न प्रतिष्ठानले आग्रह गरेको हो। ‘यस वर्ष पनि प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सदभावमा खलल पुर्‍याउने एवं अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौं।’

तीज नजिकिंदै गर्दा पछिल्लो साता तीज सम्बन्धी गीत निर्माणको क्रममा वृद्धि भएको छ।

कमेन्ट लोड गर्नुस