सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय कप्तान रोहित शर्मा कोरोना सङ्क्रमित

२०७९ असार १२, १०:४१

काठमाण्डौँः भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। 

टेस्ट क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको र इङ्ल्यान्डसँगको खेल गुमाउन सक्ने शङ्का गरिएको क्रिक इन्फोले जनाएको छ। रोहित अहिले होटलको आइसोलेशनमा रहेका छन्। 

इङ्ल्यान्डमा लेस्टरसायरसँगको अभ्यास खेलको तेस्रो दिन आज गरिएको परीक्षणमा रोहितमा सङ्क्रमण पुष्टि भएको र आउँदो जुलाई १ तारिखदेखि हुने टेस्टमा सहभागी नहुने सम्भावना रहेको खबरमा उल्लेख छ। 

यसअघि रविचन्द्रन आश्विनमा पनि कोरोना देखिएपछि उनको इङ्ल्यान्ड भ्रमणमा ढिलाइ भएको थियो। 

गएको वर्ष इङ्ल्यान्ड र भारतबीचको शृङ्खला भइरहेको बेला भारतीय टोलीका सदस्यमा कोरोना देखिएपछि स्थगित भएकोले त्यति बेला बाँकी रहेको एक खेल खेल्न भारत इङ्ल्यान्ड भ्रमणमा रहेको छ। भ्रमणको क्रममा तीन खेलको टी–२० शृङ्खला पनि हुनेछ। 
 

कमेन्ट लोड गर्नुस