सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना

। फोटो स्रोत ।
२०७५ फाल्गुन ७, ०५:५५ सीपी लोहीया

बैतडीमा पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नं १० ले वडालाई बाख्रा पालनको क्षेत्रमा अब्बल तथा बाख्रा पालक किसानलाई आत्म निर्भर बनाउने उदेश्यले जिल्लाकै पहिलो बाख्रापालन सिद्धपुर बाख्रा पालन श्रोतकेन्द्र स्थापना गरीएको हो। पाटन १० बाख्रा पालन गर्नका लागि उपयुक्त क्षेत्रको रुपमा रहेको छ। यस नव स्थापित बाख्रा पालन श्रोतकेन्द्रलाई बाख्रा अनुवजांसीक विकास केन्द्र बुढीतोला कैलाली सँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरीएको वडा कार्यालयले जनाएको छ। सिद्धपुर बाख्रा पालन श्रोतकेन्द्रको नामले श्रोतकेन्द्र स्थापना भएको हो। ब्यावासायिक बाख्रा पालक किसान पदम सिँह बोहराको संयोजकत्वमा ३ सदस्यीय मूल समिती गठन गरीएको छ। यस समितीमा वडाका बाख्रा पालक किसान सबै सदस्यको रुपमा रहने वडा अध्यक्ष देवेन्द्र कुवँरले जानकारी दिए।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस