सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्रिसेन्ट सिटी प्लस टु स्कुलको फुटसल प्रतियोगिताको उपाधि योङ्ग ब्वाइजलाई

२०७९ असार १०, ०८:२८ खबर संवाददाता

धनगढी: धनगढीमा क्रिसेन्ट सिटी प्लस टु स्कुलले आयोजना गरेको खुला फुटसल प्रतियोगिताको उपाधि योङ्ग ब्वाइजले जितेको छ। धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसलमा भएको उक्त प्रतियोगिताको उपाधि धनगढीकै योङ्ग ब्वाईज टिमले जितेको हो।

पढाइसँगै खेलकुदलाई पनि जोडेर खेलकुदको माध्यमबाट विद्यार्थीहरुमा सिकाईको पद्धति विकास गर्ने उद्देश्यले विभिन्न शैक्षिक संस्थाका एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुको सहभागीतामा सो प्रतियोगिता गरिएको थियो। दुइ दिवसिय फुटसल प्रतियोगितामा द्वितिय स्थान एरिष्टो इङ्ग्लिस बोर्डिङ्ग स्कुलले हात पारेको छ।

आयोजकका अनुसार प्रथमलाई ७५०० र द्वितिय हुनेलाई ५००० नगदका साथै विद्यार्थी खेलाडिलाई विषेश छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। प्रतियोगितामा विभिन्न शैक्षिक संस्थाका २३ टिमको सहभागीता रहेको स्कुलका प्रधानाध्यापक तिर्थराज फुलाराले बताए।

कमेन्ट लोड गर्नुस