सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौं महानगरले ल्यायो २५ अर्बको बजेट 

२०७९ असार १०, ०४:५५ खबर संवाददाता

काठमाडौंः काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।

उपमेयर सुनिता डंगोलले नगरसभामा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको जानकारी दिइन्।

कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको उनले बताइन्। यो कुल बजेटको २० प्रतिशत हो। त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।
 

कमेन्ट लोड गर्नुस