सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पुरुषको मृत्यु 

२०७९ असार ९, ०९:४३ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका ६ नम्बर गाउँस्थित सडकमा से ४ प ५८७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही नगरपालिका ४ कार्गिल डाँडा बस्ने ४८ वर्षीय हरि प्रसाद जोशीको बिहीबार बिहान मृत्यु भएको हो।

उक्त मोटरसाइकलले असार ५ गते ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस