सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भलिबल संघको अध्यक्षमा शाह

२०७९ असार ९, ०९:०६ खबर संवाददाता

धनगढीः कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा निरज शाह चयन भएका छन्। बिहिबार धनगढीमा सम्पन्न संघको पाचौँ साधारण सभा तथा जिल्ला अधिवेशनले शाहलाई अध्यक्षमा चयन गरेको हो। यस्तै संघको उपाध्यक्षमा मानबहादुर पुन, महासचिव प्रेमराज जोशी, कोषाध्यक्षमा पुष्पा सिंह चयन भएका छन्।

संघको सदस्यहरुमा श्यामलाल राना, शुशीला देउवा, किरण भण्डारी, विमला क्षेत्री, घुम्मन राना र बलबहादुर शार्की रहेका छन्। संघको १३ जनाको समिति रहेकोमा एक जना निर्वाचित समितिले चयन गर्छ भने २ जना जिल्ला खेलकुदले मनोनित गर्ने विधानमा व्यवस्था रहेको छ।


 

कमेन्ट लोड गर्नुस