सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

२०७९ असार ८, १०:४८ खबर संवाददाता

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको छ।

नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको कार्यसमितिका सदस्य अनिल मल्लले जानकारी दिए।

मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए।

कमेन्ट लोड गर्नुस